
३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सांस्कृतिक रुपमा विश्वमै परिचत शहर हो ।
उपत्यकामा ऐतिहासिक कलाकृति, मठमन्दिर, गुम्बा, विहार, सत्तल, ढुंगेधाराहरू रहेका छन् ।
राणाकालीन रुपमा बनेका राजकुलोहरुले काठमाडौंका ढुंगेधाराहरुमा पानी आउने गरेको थियो तर पछिल्लो समय ढुंगेधाराहरू सुक्दै गएका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का अनुसार काठमाडौं उपत्यकाभित्रका महानगरसहित १० वटै नगरपालिकाभित्र कुल ५७३ ढुंगेधारा रहेका छन् ।
बोर्डले गरेको अध्ययन अनुसार ४७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएका छन् ।
उपत्यकामा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणले भएका ढुंगेधाराहरु पनि सुक्दै गएका छन् ।
उपत्यकाका स्थानीय तहहरुले आफ्नाे बजेट, नीति कार्यक्रममार्फत ढुंगेधाराहरुको संरक्षण गर्ने बताए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन ।



















प्रतिक्रिया 4