+

शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड

२०८० वैशाख  ३१ गते ६:४१ २०८० वैशाख ३१ गते ६:४१
शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड

३१ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

लगातार दुई हारपछि युनाइटेडले जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।

तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २-२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ ।

३५ खेलपछि न्युकासल र म्यानचेष्टर युनाइटेडको समान ६६ अंक छ । गोलअन्तरमा न्युकासल तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थनानमा छ । लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ ।

 शीर्ष चारको होडमा रहेका टोटनहम र एस्टन भिल्ला भने बाहिरिसकेका छन् ।

हाल आठौं स्थानमा रहेको ब्राइटनको पनि शीर्ष चारको सम्भावना बाँकी नै छ । ३३ खेलबाट ५५ अंक जोडेको ब्राइटनले अझै ५ खेल खेल्न बाँकी छ ।

प्रिमियर लिगको अन्य खेलमा एस्टन भिल्लाले टोटनहमलाई २- १ ले पराजित गर्दा चेल्सी नटिङहम फरेस्टसँग २-२ को बराबरीमा रोकिएको छ ।

क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथलाई तथा फुलहमले साउथह्याम्पटनलाई समान २-० ले हरायो ।

म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय