
३१ वैशाख, काठमाडौं । पुराना सेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले चलखेल गरेर नयाँ दलाल व्यवसायी (ब्रोकर) को लाइसेन्स रोक्न खोजेको भन्दै विरोध सुरु भएको छ ।
पुराना सेयर ब्रोकरहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको भन्दै नयाँ ब्रोकर लाइसेन्स लागि आशयपत्र पाएका ४३ कम्पनीले आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् ।
भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई समेत आर्थिक चतलखेको आराप लागएको भन्दै नयाँ ब्रोकरहरुको संगठनले आरोप प्रमाणाति गर्न चुनौती दिएका छन् ।
‘नेपालको इतिहासमा पहिलोपटक समयसीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नु परेको सम्भवतः यो नै पहिलो घटना हो,’ ब्रोकर लाइसेन्सको लागि आशयपत्र पाएको ४३ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दूरदर्शी रुपमा लाइसेन्स प्रक्रिया अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालले लगाएको हुँदा भन्दै उनीहरुले आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।
‘आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौती दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएको छ ।
नियामक निकायबाट भएको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्ति जारी गरेको नयाँ सेयर ब्रोकरहरुले बताएका छन् ।
पढ्नुस् विज्ञप्ति
प्रतिक्रिया 4