
३१ वैशाख, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन र चाँदीको कारोबार शुक्रबारकै मूल्यमा भइरहेको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
२१ वैशाखमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो । त्यस यता सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4