+

मनाङको गोलकिपर प्रशिक्षकमा आई लिग जितेका मनिष

२०८० वैशाख  ३१ गते १३:५१ २०८० वैशाख ३१ गते १३:५१
मनाङको गोलकिपर प्रशिक्षकमा आई लिग जितेका मनिष

३१ वैशाख, काठमाडौं । गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकको रुपमा अनुबन्ध भएका छन् ।

कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो ।

मनिषले सामाजिक सञ्जालमा पोष्ट राख्दै नयाँ प्रोजेक्ट सुरु भएको बताएका छन् ।

आई लिग सकिएर नेपाल फर्केका उनले पहिलो पटक मनाङको प्रशिक्षण टिममा जोडिने मौका पाएका हुन् ।

गोकुलम केरलाले २०२१-२२ को सिजन आई लिग जित्दा मनिष गोलकिपर प्रशिक्षक थिए ।

मनाङले लिगको १८औं चरणमा आइतबार शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

मनाङले यसअघि नै मुख्य प्रशिक्षक परिवर्तन गरिसकेको छ । सुरुमा किरण श्रेष्ठ मनाङको प्रशिक्षक थिए ।

तर लगातार हारपछि किरणले क्लब छाडे । त्यसपछि मनाङले विष्णु गुरुङलाई दुई वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

मनाङ मर्स्याङदी क्लब मनिष तिम्सिना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय