
३१ वैशाख, काठमाडौं। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सकमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए ।
यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ , कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए ।
२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4