+

भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

२०८० वैशाख  ३१ गते १५:१७ २०८० वैशाख ३१ गते १५:१७
भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार लिग चरणका खेलहरु सकिएपछि क्वाटर फाइनल समीकरण पनि पूरा भएको छ ।

नेपाली खेलाडीहरु सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला, एन्जिला तुम्बापो सुम्बा रहेको सेथु एफसी क्रमश: समूह ए र बी विजेता बन्दै क्वाटरफाइनल पुगे ।

यस्तै रेखा पौडेल सहभागी स्पोर्ट्स ओडिसा समूह ए को दोस्रो तथा सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी समूह बी को दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेका छन् ।

नेपाली खेलाडी रहेको चारवटै टिम सेमिफाइनल पुग्ने सम्भावना पनि छ । किनभने यी चारवटै टिमले क्वाटरफाइनलमा एकआपसमा खेल्नुपर्ने छैन ।

क्वाटरफाइनलमा विजेता भए सेमिफाइनलमा चारवटै टिममा नेपाली खेलाडी हुनेछन् ।

समूह ए को विजेता गोकुलम केरलाले क्वाटरफाइनलमा समूह बी को तेस्रो स्थानमा रहेको ओडिसासँग खेल्नेछ भने समूह ए को उपविजेता स्पोर्ट्स ओडिसाले समूह बी को चौथो स्थानमा रहेको इस्टनर स्पोर्ट्ङ युनियनसँग खेल्नेछ ।

यस्तै समूह बी विजेता सेथुले समूह ए को तेस्रो स्थानमा रहेको इस्ट बंगलासँग खेल्नेछ भने समूह बी को दोस्रो स्थानको किकस्टार्टले समूह ए को चौथो भएको होप्ससँग खेल्नेछ ।

क्वाटरफाइनल पुगेका ८ वटै टोली अर्को सिजनको लिगका लागि छनोट भइसकेका छन् ।

अर्की नेपाली खेलाडी अनिता बस्नेत सम्मिलित लर्ड्स एफए भने समूह चरणबाटै बाहिरिएको छन् । अनिता लिग चरणपछि नै घर फर्किएकी छन् । समूह बी मा १ जित र ६ हारको नतिजा निकालेको लर्डस एफए सातौं हुँदै बाहिरिएको थियो ।

अनिता बस्नेत एन्जिला तुम्बापो सुब्बा भारतीय महिला लिग रेखा पौडेल रेनुका नगरकोटी सरु लिम्बु सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय