
३ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा भएको तीन दिने दक्षिण एशिया स्तरी सम्मेलन सम्पन्न भएको छ । समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दा बढि अध्येताहरुको सहभागिता भएको सम्मेलनमा भारतबाट मात्र ५० बढी प्रस्तुति रहेको थियो ।
‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ शीर्षकमा भएको सहकार्यले दक्षिण एशियालाई एक पहिचान बढाउन सहयोग गर्ने केयूका उपकुलपति डा. भोला थापाले बताए ।
उद्घाटन सत्रका मुख्य वक्ताका प्राध्यापक कृष्ण खनालले अहिलेको परिस्थितिमा जसका लागि भनेर सुशासन या विकासका नाममा बन्ने योजनाहरु अथवा काम हुन्छन् ती अरु नै कसैको हितमा हुँदा चिन्ता गनुपर्ने बताए । उनले भने ‘कुन कार्यक्रम कसका लागि गरिएको र कसका लागि काम गरिरहेको छ भन्ने पहिचान गरी स्पष्ट रुपमा गरे मात्र यस्ता सम्मेलनले सान्र्दभिकता हुन्छ ।’
कार्यक्रममा सोसल साइन्स एण्ड ह्युमानिटी एसोसिएन, भारत का प्रतिनिधी प्राध्यापक अस्विनि अग्रवाल, राजस्तानका समाजशास्त्री आलोक कुमार मिना, समाजशास्त्रीय समाज नेपालका सदस्य विष्णु बस्याल र नेपाल अग्रेजी शिक्षक संघकी अध्यक्ष मोतीकला सुब्बा देवान, इण्डियन इष्टिच्युशन अफ मास कम्युनिकेशन–आइआइएमसीका प्राध्यापक सुर्भी दहिया, स्कुल अफ आर्टसका डिन एक्कुमाया पुन लागयतले मन्तब्य राखेका थिए ।
प्राध्यापक लोकराज बरालले न्याय र सुशासनका क्षेत्रमा नेपालले धेरै काम गर्न पर्ने र स्रोतको वितरणमा समानता नआएसम्म देश र समाजमा परिवर्तन नआउने बताए ।
उनले भने ‘श्रोतको असमान वितरण भएको र बहुसंख्यक जनसंख्या श्रोत र साधनको पहुँचवाट टाढा रहेको अवस्थामा नेपालका दलित, जनजाती तथा कमजोर बर्गको विषय छलफलमा नल्याएसम्म देश र समाजले प्रगतिको पथ लिन सक्दैन ।’
डा. उद्धब प्याकुरेल र समाजशास्त्री आलोक कुमार मिनाले संयोजन गरेको सम्मेलन काठमाडौं विश्वविद्यालय नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस), सम्मेलन सोसल साइन्स एण्ड ह्युमानिटी एसोसिएसन भारत, समाजशास्त्रीय समाज नेपाल र नेपाल अग्रेजी शिक्षक संघको सहकार्यमा वैशाख २९ देखि जेठ १ गतेसम्म भएको थियो ।
प्रतिक्रिया 4