
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयहरुलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न अनुरोध गरेको छ ।
सबै सामुदायिक विद्यालयहरुले पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम पेश गर्नुपर्ने भएपनि कतिपय विद्यालयले पेश नगरेको कारण पत्राचार गर्नुपरेको विभागले जनाएको छ ।
शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयहरुलाई पत्राचार गर्दै विद्यालयहरुले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ बमोजिम ढाँचा र प्रक्रियामा पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण प्रतिवेदनको १-१ प्रति आगामी जेठ मसान्तसम्म पेश गर्न अनुरोध गरेका छन् ।
साथै माग बमोजिमका विवरण पेश नभएका कारण अनुदान रोक्का हुन गएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक जिम्मेवार हुने समेत चेतावनी दिएका छन्।
प्रतिक्रिया 4