
३१ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
अनुसन्धानका लागि म्याद थप्न प्रहरीले काठमाडौं जिल्ला अदालत पुर्याएका खाँणले अदालतबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
अदालतले खाँणसहित अन्य १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
खाँण गत बुधबार आफ्नै निवास मैजुबहालबाट प्रक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4