
३१ वैशाख, काठमाडौं। काठमाडौं आसपास क्षेत्रमा आइतबार साँझ हावाहुरीले वितण्डा मच्चाएको छ।
साँझ साढे ७ बजे आएको हावाहुरीले काठमाडौं सडकमा वितण्डा मच्चाएपछि सामाखुसी-टोखा सडकमा रहेका पसलहरुको होर्डिङ बोर्ड उडाएको छ ।
यस्तै सडकमा हिंड्ने यात्रु र सवारी साधनलाई सकस परेको छ। मोटरसाइकल कुदाइराखेका यात्रुहरु बाइक रोकेर ओत लागेका छन्।
हावाहुरीले होर्डिङ बोर्ड बीच सडकमै थुपारेपछि सडक अवरुद्ध भएको छ भने यात्रु र सवारीलाई बाटो काट्न असहज भएको छ ।
हेर्नुहोस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4