
१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।
अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।
आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बतायो ।
भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहभागी हुने बताइएको छ ।
यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4