
१ जेठ, काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमार्फत सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ ।
‘३ वटा बसका लागि हामीले रुट इजाजत पाएका छौं’ उनले भने, ‘अब क्रमशः बिजुली बसहरुमार्फत सेवा थाल्दैछौं ।’
साझा यातायातले ४० वटा बिजुली ल्याएको मध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।
सोमबार साढे २ बजेदेखि पाटनढोकाबाट बसहरुले सेवा थाल्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4