
१ जेठ, काठमाडौं । वैशाख महिनामा डेढ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागले जारी गरेको विवरणअनुसार एक महिनामा एक अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ ।
विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए एक हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ ।
यससँगै चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमा हुने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड एक लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ । सो लगानी प्रतिबद्धता २१९ वटा परियोजनाका लागि भएको विभागको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4