
१ जेठ, काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु जिम्मेवार हुनुपर्छ कि पर्दैन भनी प्रश्न गरेको छ । सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो प्रश्न गरेका हुन् ।
‘…प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रतिवेदन फेला पारेको हो कि होइन ? यदि यो सत्य भए तत्कालीन प्रधानमन्त्रीहरु पनि जिम्मेवार हुनुपर्छ कि पर्दैन ?’ सांसद सुवालले प्रश्न गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री वालकृष्ण खाँण लगायत १३ जना पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्रँउ पर्दा सोही बेला प्रधानमन्त्री रहेका व्यक्तिहरु जिम्मेजार हुने कि नहुने भनी नेमकिपाले संसदमा प्रश्न उठाएको हो ।
प्रतिक्रिया 4