
१ जेठ, काठमाडौं । काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरिमाया बाह्रविसे फाउण्डेशन र बाह्रबिसे नगरपालिकाको सहकार्यमा बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरेको हो ।
शिविरमा ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारणलाई रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसुतिरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक कान घाँटी, स्त्री क्यान्सर परिक्षण,मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सकले सेवा दिएको ॐ हस्पिटलले जनाएको छ ।
शिविरमा विभिन्न विधामा गरी एक हजार भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4