
काठमाडौं । डडेलधुराकी पवित्रा साकी अहिले मिस पविको रुपमा चर्चित छिन् । सानैदेखि नाचगानमा रुचि राख्ने उनको मोडल बनिहाल्ने सपना थिएन तर टिकटकले उनलाई कलाकारिताको बाटो देखाइदियो ।
मीठो मुस्कानकी धनी मिस पवि ‘इनोसेन्ट’ र आत्मविश्वासी लाग्छिन् । झण्डै डेढ दर्जन म्युजिक भिडियोमा आफ्नो सुन्दरता र अभिनय कौशल प्रदर्शन गरिसकेकी उनी अब कलाकारिताकै बाटोमा यात्रा गरिरहन चाहन्छिन् । उनको अबको सपना फिल्ममा अभिनय गर्नेछ ।
टिकटकमा डोटेली भाषा बोलेको भिडियोमार्फत चर्चा आएकी मिस पविको राजनीतिक सुझबुझ पनि निकै राम्रो हुन्छ । नयाँपुस्ताका राजनीतिज्ञले देशमा केही परिवर्तन ल्याउँछन् कि भन्ने उनको आशा छ । अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएको बेला मिस पविले केही आकर्षक तस्वीर खिचाएकी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4