
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले चितवनको नारायणगढमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत ३० वैशाखमा आयोजना भएको यस राइड टीभीएसको नारायणगढ शोरूम ( मालश्री मोटर्स नारायणगढ) बाट सुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो ।
उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको थियो । राइडमा सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।
करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
उक्त राइडमा प्राविधिक टिमले सहभागीहरुलाई विभिन्न सडक सुरक्षाको बारेमा जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4