
१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम यसपटकको बजेटबाट कटौती गर्ने संकेत गरेका छन् ।
सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा भएको अनौपचारिक छलफलमा सरकारले बनाइरहेको नीति तथा कार्यक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्यक्रम कटौती गरेर उत्पादन तथा रोजगारी सिर्जना हुने खालका कार्यक्रम ल्याउने बताएका हुन् ।
‘अनावश्यक बजेट छरिने खालका जुन आयोजना छन्, त्यसलाई स्थगित गर्ने र रोजगारी, कृषि र उत्पादनमा जोड दिएर अर्को एउटा नयाँ प्रोजेक्ट बनाएर जाने सम्भावना देखियो’, छलफलमा सहभागी एक पदाधिकारीले भने ।
प्रधानमन्त्रीले प्रधानमन्त्री रोजगार लगायतका ५÷७ वटा कार्यक्रम कटाएर जाने संकेत गरेको अर्का एक पदाधिकारीले पनि अनलाइनखबरलाई बताए । ‘प्रधानमन्त्री रोजगार जस्ता परिणाम नभएका ५÷७ वटा कार्यक्रम कटाउने कुरा छ’, ती पदाधिकारीले भने, ‘तिनीहरु कटाउने, रोजगार र उत्पादनसँग सम्बन्धित कार्यक्रममा जोड गर्दै छौं भनेर प्रधानमन्त्रीले भन्नुभयो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार नागरिकलाई कम्तीमा १०० दिन रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका थिए । त्यसपछि यो कार्यक्रमले निरन्तरता पाउँदै आएको थियो ।
प्रतिक्रिया 4