+

लिभरपुलले लेस्टरलाई हरायो

२०८० जेठ  २ गते ६:१५ २०८० जेठ २ गते ६:१५
लिभरपुलले लेस्टरलाई हरायो

२ जेठ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कायम राखेको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरे ।

अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरेका थिए । तीन गोलका लागि मोहमद सलाहले असिस्ट गरेका थिए ।

जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमै कायम छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी एकमा झारेको छ । तर न्युकासल र म्यानचेष्टर युनाइटेडले एक-एक खेल कम खेलेका छन् ।

शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा छ ।

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय