
२ जेठ, काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4