
२ जेठ, काठमाडौं । संखुवासभास्थित तुम्लिङटार विमानस्थलमा अब एटीआर ७२ जहाजबाट नियमित उडान हुने भएको छ । मंगलबार बुद्ध एयरको एटीआर ७२ ‘नाइन एन–एएमयू’ एयरक्राफ्टबाट नियमित उडान प्रारम्भ भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसलाई नयाँ कोशेढुंगाको संज्ञा दिएको छ । बुद्ध एयरले यसअघि यो विमानस्थलमा एटीआर ४२ जहाजबाट नियमित उडान गरिरहेको थियो ।
एटीआर ७२ जहाजबाट यसअघि नै परीक्षण गरिएको थियो । तत्कालका लागि यो विमानस्थलमा काठमाडौंबाट दैनिक एक उडान ठूलो जहाजबाट हुने भएको हो । यसले यस भेगका यात्रुलाई सिटको अभाव हुने समस्या कम हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4