
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग द्विपक्षीय भेटवार्ताका लागि बेलायतको भ्रमणमा छन् ।
युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुसी सेनामाथि युक्रेनको सम्भावित जवाफी आक्रमण सुरु हुनु अगाडि भएको हो । युक्रेनले आगामी केही हप्ताभित्रै रुसमाथि जवाफी आक्रमण सुरु गर्नसक्ने बताइएको छ ।
युक्रेन युद्धको सुरुवातदेखि नै युक्रेनलाई हतियार उपलब्ध गराउने मुलुकहरुमा बेलायत पनि रहेको छ । यद्यपि अमेरिकाको तुलनामा बेलायतले निकै कममात्रै हतियार युक्रेनलाई दिएको छ ।
आखिर बेलायतले युक्रेनलाई कुन कुन हतियार पठाइरहेको छ र युद्धमा यसको असर के भैरहेको छ ?
लामो दूरीका मिसाइल
युक्रेनलाई लामो दूरीका मिसाइल दिन लागेको कुराको पुष्टि बेलायतले यसै महिनामात्रै गरेको हो । त्यसमध्ये स्टोर्म शेडो क्रूज मिसाइलले साढे २ सय किलोमिटर सम्म मार हान्न सक्दछ । त्यस्तै अमेरिकाले युक्रेनमा पठाएको हिमार मिसाइलले चाहिँ केवल ८० किलोमिटरको दूरीमा मात्रै हमला गर्न सक्दछ ।
बेलायतले प्रदान गर्ने उक्त मिसाइल युक्रेनमा हालसम्म उपलब्ध मिसाइलमध्ये सबैभन्दा धेरै मारक क्षमता तथा दूरी भएको मिसाइल हो । यसलाई विमानबाट मार हानिन्छ भने तल्लो सतहमा उडेर यसले राडारलाई नै चक्मा दिन सक्दछ । योसँगै युक्रेनलाई क्रूज मिसाइल दिने पहिलो राष्ट्र बन्नेछ बेलायत ।
यो मिसाइलबाट युक्रेनले रुसका ती क्षेत्रहरुमा समेत आक्रमण गर्न सक्नेछ जसलाई रुसले हालसम्म सुरक्षित मानेको थियो ।
तर रुसले भने ती मिसाइलहरु यसअघि पनि आफ्नो सैन्यबलविरुद्ध प्रयोग भैसकेको दाबी गरेको छ ।
ट्यांक
बेलायतले नेटोको मापदण्डमा खरो उत्रिएको प्रमुख युद्धक ट्यांक युक्रेन पठाउँदैछ । युक्रेनलाई यस्तो सहयोग गर्ने जर्मनी पहिलो मुलुक हो ।
गत जनवरीमा बेलायतले युक्रेनलाई १४ वटा च्यालेन्जर ट्यांक प्रदान गर्ने घोषणा गरेको थियो । त्यो सँगै युक्रेनलाई ३० एएस ९० सेल्फ प्रोपेल्ड तोप प्रदान गर्ने घोषणा पनि बेलायतको थियो ।
च्यालेन्जर २ ट्यांकको निर्माण सन् १९९० को दशकमा भएको थियो । तर यो वार्सा सन्धिवापत युक्रेनलाई प्राप्त भएको जमिनको टुक्रामध्ये निकै आधुनिक तथा प्रभावशाली रहेको छ ।
बेलायती घोषणा पश्चात् अन्य विभिन्न देशहरुले समेत युक्रेनमा सेना पठाउने बताएका थिए । यसैक्रममा जर्मनीले आफ्नो लेपर्ड २ ट्यांक युक्रेन पठाउने घोषणा गरेको थियो ।
कतिपय सैन्य विश्लेषकहरुका अनुसार यदि उल्लेखित ट्यांकहरुलाई अन्य हतियार प्रणालीसँगको समन्वयमा प्रयोग गरियो भने रुसी सेनालाई सुरक्षित स्थानहरुबाट पछाडि खेद्ने युक्रेनको प्रयासमा महत्वपूर्ण सावित हुनसक्छ ।
ड्रोन
युक्रेनमा सैन्य आक्रामक ड्रोन तथा एयर डिफन्स मिसाइल पठाउन लागेको बेलायती प्रधानमन्त्रीको कार्यालयले सोमबार बताएको छ ।
तर विज्ञप्तिमा कुन प्रकारको ड्रोन युक्रेन पठाइँदैछ भन्नेचाहिँ खुलाइएको छैन । तथापि उक्त ड्रोनको रेन्ज २ सय किलोमिटर भन्दा धेरै हुने जानकारी दिइएको छ ।
रुसको सुरक्षापंक्तिभित्र बन्दोबस्तीका सामानहरुको भण्डार तथा नियन्त्रण केन्द्रहरुलाई निसाना बनाउनका लागि ती ड्रोनहरुको प्रयोग गर्न सकिने आँकलन गरिएको छ ।
सन् २०२२ मा बेलायती रक्षा मन्त्रालयले युक्रेनलाई हेभी लिफ्ट ड्रोन सिस्टम प्रदान गर्ने घोषणा गरेको थियो । भारी सामान उठाउन सक्ने यो ड्रोनले युद्धका क्रममा अलग थलग भएको सैन्य बल समक्ष बन्दोबन्दी सहायता पूराउन सक्दछ ।
विश्लेषकहरुका अनुसार यो ड्रोन अन्तिम पंक्तिका सैनिकदेखि लिएर अग्रपंक्तिका सैनिकहरुसम्म बन्दोवस्तीका सामानको आपूर्तिमा निकै प्रभावकारी सावित हुनसक्छ । खासगरी ती युक्रेनी सैनिकका लागि यो सहयोगी हुनसक्छ जो लगातार रुसतर्फबाट बमबारीको सामना गरिरहेका छन् र यस्तै चारैतर्फबाट घेरिएको परिस्थितिमा छन् ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटमा आबद्ध जस्टिन ब्रंक भन्छन्- सैनिकलाई ठूलो मात्रामा सामानको आवश्यकता पर्दछ । हरेक पटक जब तपाईंले सैनिकहरु सम्म सामान पुर्याउनका लागि ड्रोनको प्रयोग गर्नुहुन्छ त्यसले सैनिकमाथिको खतरा कम हुन्छ ।
रकेट सिस्टम
बेलायतले सन् २०२२ मा युक्रेनलाई मल्टिबल लञ्च रकेट सिस्टम एम २७० सँगै एम ३१ ए १ प्रेसिजन हतियार प्रदान गरकेो पुुष्टि गरेको थियो ।
बेलायतको एम २७० सिस्टम अमेरिकाको हिमार्स लञ्चर सिस्टम जस्तै हो । ज्याक वाटलिंगका अुनसार वास्तवमा युक्रेनलाई यस्तै हतियार प्रणालीको आवश्यकता छ । यसको सहयोगमा युक्रेनले रुसका हतियारखानालाई टक्कर दिनसक्दछ र सटिक रुपमा मारक हमला गर्न सक्दछ ।
एन्टी ट्यांक हतियार
बेलायतले युक्रेनलाई ५ हजार भन्दा धेरै नयाँ पुस्ताको एन्टी ट्यांक हतियार एनल दिएको छ । एनल हतियारलाई कम दूरीबाटै एकै आक्रमणमा ट्यांकलाई नष्ट गर्नका लागि विकशित गरिएको हो ।
युक्रेनी सेनाहरुलाई तुरुन्तै हतियारको आवश्यकता भएकाले यस्ता हतियार उनीहरुका लािग निकै अहम् छन् । यी मिसाइल प्रयोग गर्नमा सरल छन् र सजिलैसँग यताउति लैजान सकिन्छ ।
कुनैपनि सैनिकलाई एक दिनभन्दा कम समयमै यसको प्रयोग गर्न सिकाउन सकिन्छ । कतिपय विश्लेषकहरुका अनुसार रुसी हमलाको सुरुवाती दिनमा खासगरी रुसी सेनाको जमिनबाट गरेका आक्रमणलाई निस्तेज पार्नका लागि यी हतियारहरु निकै प्रभावशाली रहे ।
कम दूरीका मिसाइल
बेलायतले सन् २०२२ मा नौसेनाले प्रयोग गर्ने बि्रमस्स्टोन मिसाइलहरु युक्रेनलाई दिएको थियो । अमेरिकी नौसेनासँगै बसेका क्याप्टेन क्रिस कार्लसनका अनुसार बि्रमस्टोनको प्रयोग ट्यांकको विरुद्धमा गर्न सकिन्छ ।
साथै स-साना जहाजमाथि आक्रमण गर्न पनि यसको प्रयोग हुन्छ । आमरुपमा यी मिसाइललाई विमानबाटै प्रहार गरिन्छ । तर युक्रेनमा भने त्यसमा परिवर्तन गरी ट्यांकबाटै पनि प्रहार गरिएको छ ।
कार्लसनका अनुसार जमिनबाट प्रहार गर्दा यसको मारक दूरी कम हुन्छ । विमानबाट प्रहार गर्दाचाहिं यसले ठूला जहाजमा पनि क्षति पुर्याउने क्षमता राख्दछ ।
बख्तरबन्द गाडी
बेलायतले कम्तिमा पनि १२० बख्तरबन्द गाडीहरू पनि युक्रेन पठाइसकेको छ । यसमा मस्टिफ पेट्रोल भेहिकल पनि रहेको छ ।
अफगानिस्तानमा यो बख्तरबन्द गाडी बेलायती सैनिकमाझ निकै लोकप्रिय थियो । किनकि यसले बारुदी सुरुंग तथा आइइडी हमलाका विरुद्धमा प्रभावकारी सुरक्षा प्रदान गर्दछ ।
विश्लेषकका अनुसार युक्रेनको डोनबास लगायतका क्षेत्रहरु जहाँ बारुदी सुरुंगहरु रहेका छन् त्यहाँ यो बख्तरबन्द गाडी निकै उपयोगी हुनसक्छ ।
दुवै पक्षले युक्रेन युद्धका क्रममा ठूलो परिमाणमा बारुदी सुरुंगको प्रयोग गरेका छन् र ठूलो परिमाणमा बारुद बिछ्याएका छन् ।
एयर डिफेन्स सिस्टम
युक्रेनलाई स्टारस्ट्राइक मिसाइल लगायतका विभिन्न ६ वटा एयर डिफेन्स सिस्टम प्रदान गरेको बेलायतले जनाएको छ ।
स्टारस्ट्राइकक मिसाइलबाट कम उचाइँमा उडान भरिरहेका विमानलाई छोटो दूरीबाटै प्रहार गरेर खसाउन सकिनछ ।
कतिपय विमानले फ्लेयर तथा शफजस्ता मिसाइल प्रतिरोधी सिस्टम प्रयोग गर्दछन् । यस्ता विमानहरु चाहीँ स्टारस्ट्राइक मिसाइललाई छक्काउन सफल हुन्छन् ।
ब्रांकका अनुसार पाइलटको दृष्टिकोणबाट हेर्दा स्टारस्ट्राइक मिसाइल निकै घातक हुन्छन् ।
यी मिसाइलकै कारण रुसी सेनाले आफ्ना धेरै अभियानमा भारी जोखिमको सामना गर्नुपर्ने हुनसक्छ । स्टारस्ट्राइक मिसाइलका लागि मोबाइल प्लाटर्फमको रुपमा प्रयोग हुने स्टर्मर भेहिकल सिस्टम पनि बेलायतले युक्रेनलाई प्रदान गरेको छ ।
बीबीसी
प्रतिक्रिया 4