
२ जेठ, विराटनगर। मोरङ प्रहरीले उर्लाबारीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो उर्लाबारी नगरपालिका-४ बक्राहा खोला र किसान चोकबाट दुई जनालाई पक्राउ गरेको हो।
बक्राहा खोलाको मलामी चौतारी नजिकबाट सन्जय प्रधान र उर्लाबारी नगरपालिका-४ किसान चौकबाट अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो।
बक्राहा खोलाको पुलको मलामी चौतारी नजिकबाट प्रधानले चलाएको मे ५ प ८८२४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।
मंगलबार दिउँसो किसान चौकबाट प्रदेश १-०२-०५०प ५४४४ का अर्जुन श्रेष्ठलाई २ ग्राम ४९० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए। दुवै जना ब्राउनसुगर कारोबारी रहेको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4