+

इन्टर २०१० पछि च्याम्पियन्स लिगको फाइनलमा

२०८० जेठ  ३ गते ६:०७ २०८० जेठ ३ गते ६:०७
इन्टर २०१० पछि च्याम्पियन्स लिगको फाइनलमा

३ जेठ, काठमाडौं । इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो ।

लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १-० ले पराजित गरेको हो । मार्टिनेजले ७५औं मिनेटमा गोल गरे । पहिलो लेग इन्टरले २-० ले जितेको थियो ।

इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

रियल र सिटीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । यी दुईबीच दोस्रो लेग बुधबार राति हुनेछ ।

इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय