
फाइल तस्वीर ।
३ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ’, उनले भने ।
यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।
पासाङ दावा शेर्पाले पनि २६ पटक सगरमाथा आरोहण गरेर कामीरिताको बराबरी गरेका थिए ।
आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4