+
+

ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ  फ्रेमवर्क

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १३:०४

काठमाडौं । विश्वको अग्रणी  प्रविधि कम्पनी  ह्वावेले आफ्ना साझेदारहरुका लागि नयाँ फ्रेमवर्क सार्वजनिक गरेको छ । उपत्यकामा एक कार्यक्रमको आयोजना गरी ह्वावेले २०२३ का लागि नयाँ क्लाउड पार्टनर  प्याकेज सार्वजनिक  गरेको हो ।

कम्पनीका अनुसार गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कले  पुनर्बिक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ ।  ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेको छ । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू  र  ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ । नयाँ  प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु रहेको कम्पनीले बताएको छ । कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो  जसले साझेदारहरूलाई  ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु  र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ।

कम्पनीका अनुसार ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस  प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट/ क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु  निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र  विकास गर्ने,  ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको  विकास गर्ने ,सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरुलाई  ह्वावे क्लाउडमा  स्थानान्तरण गर्ने र   ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु रहेको कम्पनीले बताएको छ ।

समग्रमा ह्वावे क्लाउड साझेदार कार्यक्रम  ह्वावेका साझेदारहरूका लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुने विश्वास कम्पनीको छ ।

कार्यक्रममा नेपालका  ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागितारहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?