+
+

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १७:१२

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

दर्शकले खल्ती एपबाट प्रतिस्पर्धीलाई भोट गर्न सक्ने भएका छन् । कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?