
फाइल तस्वीर
३ जेठ, काठमाडौं । मंगलबार भारतको राजधानी नयाँ दिल्लीबाट अष्ट्रेलियाको सिड्नी उडेको एयर इण्डियाको जहाजमा आएको ‘गम्भीर टर्बुलेन्स’का कारण आधा दर्जन यात्रु घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आकाशमा उडिरहेको समयमा हावामा आएको बदलावका कारण जहाज गम्भीर रुपमा हल्लिएको थियो । सो क्रममा यात्रुहरु घाइते भएको समाचारमा उल्लेख छ ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार यो घटनाबारे जानकारी गराएको हो । घाइते यात्रुको सिड्नी पुगेसँगै उपचार गराइएको थियो । बी७८७–८०० जहाजको उडान नम्बर एआई–३०२ उडानको जहाजमा यस्तो समस्या आएको हो ।
‘क्याबिन क्रु’ले घाइते भएका यात्रुको प्राथमिक उपचार गरेका थिए । तर, कुनै पनि यात्रुलाई अस्पताल भने भर्ना गराउनु नपरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4