
३ जेठ, काठमाडौं। माइक्रोसफ्ट कम्पनीले आफ्नो विन्डोज अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुका लागि एक बहुप्रतिक्षित फिचर सुरुवात गरेको छ। उक्त नयाँ फिचरसँगै अब विन्डोज प्रयोगकर्ताले आफ्नो पर्सनल कम्प्युटरलाई आइफोनसँग जोड्न सक्नेछन्। एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि भने यो सुविधा पहिलेदेखि नै उपलब्ध रहेको छ।
माइक्रोसफ्टले यो नयाँ फिचर आइफोन प्रयोगकर्ताले प्रयोग गर्नसक्ने प्रष्ट पारेको छ । यद्यपि यसको आइओएस भर्सनमा अहिले केवल केही आधारभूत सुविधाहरु मात्रै राखिएको छ ।
यो सँगै अब आइफोन प्रयोगकर्ताहरुले आफ्नो फोनलाई विन्डोज ११ अपरेटिंग सिस्टम भएको पर्सनल कम्प्युटरमा जोडेर कल, मेसेज गर्नसक्नुका साथै फोन नम्बरहरु समेत हेर्न सक्नेछन् ।
यो फिचरबाट विन्डोज फोटोज एप्लिकेसनमा आइक्लाउड फोटोलाई समेत एकीकरण गर्न सकिनेछ । जसका कारण आइफोन प्रयोगकर्ताले आफ्नो फोनमा रहेका तस्वीरहरु कम्प्युटरमा हेर्न सक्नेछन् ।
वास्तवमा माइक्रोसफ्टले गत महिना नै विन्डोज ११ का लागि फोटोज लिंक एपको सुरुवात गरेको थियो ।
नयाँ फिचरलाई ८५ वटा देशमा ३९ भाषाका साथ सुरुवात गरिएको माइक्रोसफ्टले जनाएको छ । नयाँ आइफोन इन्टिग्रेसनको कुरा गर्दा आइओएसमा यसमा इमेज तथा भिडियो शेयरिंग, ग्रुप मेसेजिंग तथा मेसेजिंग फिचर हुँदैन। तर फोन लिंकको मद्धतले एन्ड्रोइड डिभाइसमा प्रयोगकर्तालाई सबै खालका सुविधा प्राप्त हुन्छन्। एन्ड्रोइड प्रयोगकर्ताले डेस्कटप स्क्रिनले सहयोगबाट आफ्नो फोनका एपहरुमा पनि नियन्त्रण गर्न सक्दछ।
विन्डाज ११ लाई आइफोनसँग जोड्नका लागि वाइफाई कनेक्सनको सहयोग लिन सकिन्छ । यसका अलावा दुई डिभाइसलाई कनेक्ट गर्ने यस फिचरलाई हटस्पट वा मोबाइल डाटा नेटवर्कको मद्धतले पनि चलाउन सकिन्छ ।
स्मरण रहोस् यो फिचर तत्काल केवल आइफोनका लागि मात्रै उपलब्ध छ, आइप्याडका लागि उपलब्ध गराइएको छैन। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4