
३ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जाको पुनर्तालिकीकरण गर्न नेपाल राष्ट्र बैंकले समय सीमा तोकेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने बताएको छ ।
यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्त भित्र गरिसक्नु पर्ने गरी राष्ट्र बैंकले सर्त तोकेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षमा भएको घोषण कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रबाहेक ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा समेत यही प्रावधान लागु हुनेछ । राष्ट्र बैंकका अनुसार २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीरण वा पुनर्संरचना गर्न सकिन्छ । यसरी गरिएको पुनर्तालिकीरण वा पुनर्संरचनामा ५ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्छ । पुनर्तालिकीरण वा पुनर्संरचना गरिएको कर्जाको वर्गको वर्गीकरण भने बदल्न नपाइने राष्ट्र बैंकको सर्त छ ।
प्रतिक्रिया 4