
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे । फाइल फोटो
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक साढे ११ बजेसम्म सुरु हुन सकेको छैन ।
बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरु तयार भइसकेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4