४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो ।
यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहको उपस्थितिमा माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहता र नेपाल क्रिकेट संघका महाप्रबन्धक वृत्तान्त खनालले बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपालले झण्डै एक वर्षपछि महिला टी-२० शृंखला खेल्न लागेको हो । नेपाल र मलेसियाको महिला टोलीबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृखंला हुन लागेको हो ।
प्रतिक्रिया 4