
४ जेठ, रामेछाप । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो ।
हर्कमान पुलबाट हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोली उनलाई उद्धार गरेको ।
माझीलाई उपचारको लागि मन्थली अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4