
फाइल तस्वीर
४ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा देखिएका समस्याको दीर्घकालीन समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवम् छलफल कार्यक्रममा मन्त्री रिजालले व्यापार व्यवसायमा आएको संकुचनका कारण राजस्व संकलनमा समस्या उत्पन्न भएको बताए ।
उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको भन्दै आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने आश्वासन दिए ।
उनले निजी क्षेत्रले उठाएको मर्यादा क्रमको मागमा सरकार गम्भीर रहेको भन्दै उनले सरकार रोजगारी सिर्जना, राजस्व संकलनको कमी लगायतका विषयमा संवेदनशील रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4