
५ जेठ, काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन एक लाख ९ हजार २ सय रूपैयाँ र तेजावी सुन एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4