+

क्लोपलाई २ खेलको प्रतिबन्ध

२०८० जेठ  ५ गते १३:१२ २०८० जेठ ५ गते १३:१२
क्लोपलाई २ खेलको प्रतिबन्ध

५ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।

खेलपछि क्लोपले रेफ्री पाउल टिएर्ने विरुद्ध बोलेका थिए । प्रतिबन्धसँगै क्लोपले लिगमा आइतबार एस्टन भिल्लाविरुद्धको खेल गुमाउने छन् ।

यस्तै क्लोपलाई दोस्रो खेलको प्रतिवन्ध भने २०२३-२४ को अन्त्यसम्ममा लाग्नेछ ।

जसको अर्थ उनले यस सिजन साउथह्याम्पटन विरुद्ध हुने अन्तिम लिग खेल भने गुमाउने छैनन् ।

यस्तै क्लोपलाई एफएले ७५ हजार पाउण्ड जरिवाना समेत लगाएको छ । क्लोपले गल्ती गरेको स्वीकार गर्दै माफी माग्दै एफएलाई पत्र समेत पठाएका थिए ।

योर्गन क्लोप लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय