
काठमाडौं । नेपाल सांस्कृतिक संघले देशभरका कलाकारलाई समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । संघले विज्ञप्ति जारी गर्दै जेठ १० र ११ गते काठमाडौंमा बृहत भेला गर्न लागेको जनाएको छ । भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।
सांस्कृतिक संघले भातृ तथा शुभेच्छुक संस्थालाई गहन दायित्व दिएर अगाडि बढाउँदा माउ पार्टीलाई जीवन्त राख्न मद्दत पुग्ने जनाएको छ । साथै, राजनीति र राजनीतिकर्मीमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेको भन्दै संघले चिन्ता समेत जनाएको छ ।
अध्यक्ष तीर्थबहादुर थापाद्वारा हस्ताक्षरित वक्तव्यमा धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नुपर्ने कुरामा जोड दिइएको छ । नेपाल सांस्कृतिक संघ कांग्रेस निकट भातृ संगठन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4