
५ जेठ, काठमाडौं । आईएमई इण्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्लीमा शाखा विस्तार गरेको छ । नयाँ दिल्लीको कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । ४ जेठमा आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उक्त शाखा उदघाटन गरेका हुन् ।
आईएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने जनाएको छ ।
शाखा उद्घाटन गर्दै राजदूत शर्माले नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
उक्त अवसरमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले उक्त सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने ढकालको भनाइ छ ।
प्रतिक्रिया 4