
५ जेठ, काठमाडौं । ललितपुर महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
ललितपुर महानगरले पाटन अस्पतालमा शवगृह विस्तार गर्न र लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रलाई आफ्नो सेवा प्रवाह गर्नका लागि ५०/५० लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
महानगर प्रमुख चिरिबाबु महर्जनले अस्पताललाई ५० लाख रुपैयाँ बरारबको चेक हस्तान्तरण गर्दै महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यले महानगरको सहयोगबाट शवगृह विस्तार हुने भन्दै यसपछि शव व्यवस्थापनमा अस्पताललाई सहज हुने विश्वास व्यक्त गरे ।
महानगर प्रमुख महर्जनले लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीलाई चेक हस्तान्तरण गरेका हुन् । केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले महानगरबाट प्राप्त सहयोग प्रविधि विस्तारमा प्रयोग गरिने बताए ।
प्रतिक्रिया 4