
५ जेठ, काठमाडौं । सरकारले २०८० सालको यो दशकलाई नेपाल भ्रमण दशक घोषणा गरेको छ ।
आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा समेत घोषणा गरेको छ ।
सरकारले पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरका चर्चित व्यक्तिलाई बोलाउने समेत बताएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार गर्ने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने घोषणा समेत सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4