
५ जेठ, काठमाडौं । सरकारले रुग्ण अवस्थामा रहेका उद्योगहरुको अध्ययन गर्न पुनः अर्को उच्चस्तरीय समिति बनाउने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसअघि पनि सरकारले सचिवस्तरीय समिति बनाएर यस्ता उद्योगहरुको अध्ययन गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले रुग्ण उद्योगहरु पुनः सञ्चालन गर्ने घोषणा गर्दै पुनः उच्चस्तरीय अध्ययन समिति बनाउने घोषणा गरेको हो ।
सरकारले हेटौंडा कपडा उद्योग, बुटवल धागो र गोरखाकाली टायर उद्योगलाई पुनः सञ्चालन ल्याउने राष्ट्रपति पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4