
५ जेठ, काठमाडौं । सडक, रेल, जलमार्ग र हवाई क्षेत्र समट्ने गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले संघ र प्रदेशबीच कार्य क्षेत्र स्पष्ट हुने गरी यातायात नीति बनाउने घोषणा पनि गरेको छ ।
व्यापारिक तथा रणनीतिक सडकहरुलाई स्तरोन्नति गर्ने र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लगायतका घोषणा पनि नीति तथा कार्यक्रमले गरेको छ ।
नीति तथा कार्यक्रममा पूर्व-पश्चिम राजमार्गको विरतारलाई निरन्तरता दिने र निर्माणाधीन राष्ट्रिय राजमार्गहरू ५ वर्षभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ ।
काठमाडौं-तराईमधेश फास्ट ट्रयाकको निर्माण २०८३ भित्रै सक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4