
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकका लागि ‘समर डियल’ सार्वजनिक गरेको छ । ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।
सेलवेज ग्रुपले जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको ‘समर डियल’ नामक योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जनाइएको छ । टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ ।
यस अफर अन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ । यो अफर २० जेठसम्म लागुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4