
६ जेठ,काठमाडौं । काठमाडौंको चक्रपथ विस्तार आयोजनाअन्तर्गत अहिले धमाधम सर्भिस लेनको काम भइरहेको छ ।
फागुनको दोस्रो सातादेखि कलंकी-बालाजु-महाराजगञ्ज चक्रपथको साइट क्लियरेन्सको काम सुरु भएको थियो भने अहिले सर्भिसलेनको काम भइरहेको आयोजनाले जनाएको छ ।
१५ फागुनमा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिरसहितको संरचना डोजर लगाएर साइट क्लियरेन्स गरेको थियो ।
चक्रपथ विस्तार गर्न ‘साइट क्लियर’ नहुँदा ढिलाइ हुँदै आएको छ । साइट क्लियर भएसँगै धमाधम चक्रपथ विस्तार अन्तर्गत सर्भिसलेनको काम सुरु भएको आयोजनाले जनाएको छ ।
चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने भए पनि नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र साइट क्लियरेन्सको काम गनुपर्ने आयोजनाले जनाएको छ । जसअन्तर्गत सर्भिस लेनमा रहेका अवरोधहरु हटाएर सरकारले अहिले काम सुरु गरेको हो ।
चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।
सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । तर, साइट क्लियरेन्समा ढिलाइ भएपछि काम अघि बढाउन चीनले आनाकानी गर्दै आएको थियो ।






चक्रपथको वनस्थली क्षेत्रको सडक








प्रतिक्रिया 4