+

प्रशिक्षक एन्सेलोटीले भने : रियल मड्रिडमै रहन्छु

२०८० जेठ  ६ गते २०:०१ २०८० जेठ ६ गते २०:०१
प्रशिक्षक एन्सेलोटीले भने : रियल मड्रिडमै रहन्छु

६ जेठ, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लबले आफूलाई निरन्तरता दिने बताएका छन् ।

एन्सेलोटी ब्रजिलको प्रशिक्षकका लागि सम्वादमा छन्, तर रियल मड्रिडसँग पनि सम्झौता अवधि बाँकी नै छ । ‘मेरो अवस्था के छ भन्ने सबैलाई थाहा छ’, उनले भने, ‘२०२४ को सिजनसम्म मेरो सम्झौता छ र म क्लबमै रहन चाहन्छु ।’

क्लबले पनि निरन्तरता दिने सुनिश्चित गरेको हो भन्ने प्रश्नमा उनले हो भनेका छन् ।

इटालियन एन्सेलोटी २०१३–१५ सम्म दुई सिजन स्पेनिस जाइन्टको प्रशिक्षक थिए, तर च्याम्पियन्स लिग जितेको अर्को वर्ष क्लब छाडे । पछिल्लो पटक जुन २०२१ मा एभर्टन छाडेपछि उनी फेरि रियल मड्रिड फर्किएका थिए । उनले गत सिजन क्लबलाई च्याम्पियन्स लिग र ला लिगा दुबै जिताए ।

यो सिजन भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट म्यानचेष्टर सिटीसँग पराजित भयो भने ला लिगामा बार्सिलोना, जसले चार खेल अगाडि नै उपाधि पक्का गरेको छ, ऊ भन्दा १४ अंकले पछाडि रह्यो । यद्यपि रियल मड्रिडले यूईएफए सुपर कप, फिफा वर्ल्डकप र कोपा डेल रे को उपाधि भने जितिसकेको छ

आइतबार भ्यालेन्सियासँग खेल्नु अघिल्लो दिन रियल मड्रिडका प्रशिक्षक एन्सेलोटीले भने, ‘ला लिगामा सन्तुष्ट छैनौं, अरु प्रतियोगितामा भने हामीले प्रतिस्पर्धा गर्‍यौं ।’

कार्लो एन्सेलोटी फुटबल रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय