
६ भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा शनिबार स्थानीय खाना खाजा र उत्पादनहरुको प्रदर्शन आयोजना गरिएको छ ।
मध्यपुर नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समितिको संयोजनमा भएको प्रदर्शनीमा खाना तथा खाजाका १३ वटा र स्थानीय उत्पादनको ११ वटा स्टल राखिएको थियो । यो प्रदर्शनीको मुख्य आकर्षण भने वः थियो । वः लाई धेरैले बारा भनेर चिन्छन् ।
मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिका अनुसार खाना तथा खाजाका सबै स्टलमा वः बिक्रीका लागि राखिएको थियो । वः नेवार समुदायको मुख्य परिकार हो । ‘जन्म मृत्यु लगायतका सबै साँस्कृतिक कर्ममा यही नै चाहिन्छ’ प्रजापतिले भने ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4