+

बायर्नको उपाधि होडमा धक्का, अग्रता जोगाउन नसक्दा लाइपजिगसँग हार

२०८० जेठ  ७ गते १३:११ २०८० जेठ ७ गते १३:११
बायर्नको उपाधि होडमा धक्का, अग्रता जोगाउन नसक्दा लाइपजिगसँग हार

७ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगामा साविक विजेता बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा आरबी लाइपजिगसँग ३-१ ले पराजित भएको छ ।

शनिनबाररातिको यो हारले लगातार ११औं बुण्डेसलिगा जित्ने बायर्नको योजनामा धक्का लागेको छ ।

घरेलु मैदान एलिएन्ज एरेनामा सर्जी जीनाब्रीले २४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लाइपजिगले पुनरागमन गर्दै तीन गोल फर्कायो ।

लाइपजिगका कोनराड लेमरले ६४औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि भने लाइपजिगले दुवै गोल पेनाल्टीमा गर्‍यो ।

क्रिस्टोफर एइनकुन्कुले ७६औं मिनेटमा पेनाल्टीमा गोल गरी लाइपजिगलाई २-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा प्राप्त पेनाल्टीमा भने डोमिनिक सोबोजलाईले गोल गरे ।

लिगमा अब एक खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा एक अंकले मात्र अघि छ । डर्टमण्डले भने दुई खेल खेल्न बाँकी छ ।

डर्टमण्डले आइतबार अग्सवर्गलाई पराजित गरेमा बायर्नलाई दुई अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

सिजनको अन्तिम खेलमा बायर्नले एफसी कोल्नको भ्रमण गर्नेछ भने डर्टमण्डले मेइन्ज ०५ सँग खेल्नेछ । अन्तिम चरणको खेल मे २७ मा हुनेछ ।

बायर्न म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय