+

एनआरटीलाई हराएर मछिन्द्र दोस्रो स्थानमा, मनाङको लगातार छैटौं बराबरी

२०८० जेठ  ७ गते १९:३७ २०८० जेठ ७ गते १९:३७
एनआरटीलाई हराएर मछिन्द्र दोस्रो स्थानमा, मनाङको लगातार छैटौं बराबरी

७ जेठ, काठमाडौं । साविक विजेता मछिन्द्र शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार दिउँसो न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेपछि मछिन्द्रले अंक तालिकामा फड्को मारेको हो ।

च्यासल मैदानमा विदेशी फरवार्ड ओलादिपो ओलावाले अफिजको गोलमार्फत मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो ।

उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।

खेलको इन्जूरी समयमा सौरभ लिम्बुले गोल गरेपछि सहज जितका साथ मछिन्द्रले ३ अंक जोड्न सफल रह्यो ।

२० खेलबाट ३४ अंक बनाएको मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग २ अंकले पछि छ । चर्चब्वाइजले १ खेल कम खेलेको छ । नवौं स्थानमा रहेको एनआरटीको २० खेलबाट २३ अंक छ ।

मनाङको बराबरी

सोही समयमा दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङदीले लिगमा लगातार छैटौं बराबरी खेलेको छ ।

कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङका लागि यो सिजन निराशानजक छ । दुईपटकको अग्रता जोगाउन नसक्दा मनाङले एपीएफसँग अंक बाँडेको हो ।

खेलको १३औं मिनेटमा पाएको पेनाल्टी उपयोग गरी मनाङका विदेशी फरवार्ड तिमोथी कुडोले टिमलाई अग्रता दिलाएका थिए ।

तर, २०औं मिनेटमा नवीन लामाले बरारबी गोल फर्काए । २६औं मिनेटमा सुमित श्रेष्ठले गोल गरेपछि पहिलो हाफमा मनाङ अगाडि रह्यो ।

६४औं मिनेटमा एपीएफका लागि अर्मान्ड बेडोमले गोल गरेपछि खेल बराबरी भएको हो ।

लिगमा समग्रमा नवौं बराबरी खेलेको मनाङ २० खेलबाट २३ अंकसहित आठौं तथा एपीएफ समान खेलबाट २३ अंकसहित दशौं स्थानमा छ ।

एपीएफ मछिन्द्र क्लब मनाङ मर्स्याङदी शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय