
काठमाडौं । गोविन्दबहादुर मल्ल ‘गोठाले’को चर्चित नाटक ‘च्यातिएको पर्दा’मा आधारित सोही नामको नाटक कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । ल हेर समूहको निर्देशन र सुदनसिंह ठकुरीको परिकल्पनामा यो नाटक जेठ ७ देखि ९ गतेसम्म मञ्चन हुनेछ ।
गोठालेले २०१३ सालमा लेखेको यो नाटकले तत्कालीन परिवेशमा एउटा परिवारको परिस्थितिको चित्रण गर्छ । ल हेर समूहले २०८० सालको सन्दर्भमा नाटकलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । परिकल्पनाकार ठकुरीले भने, ‘वास्तवमा हामी कहिले जीवनमा हुने रहेछौं र कहिले हामी नाटकमा हुने रहेछौं । नाटक र जीवनबीच झिनो दूरी हुने रहेछ । जीवनले नाटकमा सिकाउने रहेछ र नाटकले जीवनमा सिकाउने रहेछ ।’
लरिशा मगर, संरचना शर्मा, सम्भावी सिवाकोटी, आशिष पौड्याल, प्रयास सापकोटा, प्रतीक पौडेल, सागर न्यौपाने, साकार बुढाथोकी लगायतले नाटकमा अभिनय गरेका छन् । नाटक र जीवनलाई चित्रण गरिएको यो नाटकले दर्शकलाई जीवनको महत्वप्रति गम्भीर हुन सिकाउने परिकल्पनाकार ठकुरी बताउँछन् ।
तस्वीर : प्रसुन संग्रौला
प्रतिक्रिया 4